ओखलढुंगा । रोटे पिङ्बाट लडेर एक महिला घाईते भएकि छन । जिल्लाको चिसंखुगढी गाउँपालिका वडा नं.-२ वितलपकि ३५ बर्षकी मनिता तामाङ घाइते भएकि हुन ।
आज (मंगलबार) दिउँसो झन्डै ४:३० बजेतिर गाउँमै रोटे पिङ्ग खेल्ने क्रममा अचानक रोटे पिङ्गको पिराबाट हात खुस्किएर उनी लडेकि थिइन । उनको स्थानीय र प्रहरीले तत्काल उद्द्वार गरि उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा ल्याइएको छ ।
घाईतेको हालको अबस्था बोल्न सक्ने, मध्यम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
यसअघि आइतबार सिनपा ४ मा पनि लिङ्गे पिङबाट लडेर एकजना घाइते भएका थिए ।