• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । पिङ खेल्ने क्रममा डोरीबाट हात फुस्किदा एक जना गम्भीर घाईते भएका छन । घाइते हुनेमा सिद्दिचरण नगरपालिका ४ मोरियाका ३० बर्षका सुवास मगर रहेका छन ।

आइतबार राती झन्डै ९:५० बजेतिर आफ्नै गाउँमा उनि दशैंको लागि लगाएको लिङ्गे पिङ्ग खेल्न गएका थिए । पिङ्ग खेल्ने क्रममा डोरीबाट हात फुस्किएर उनी लडेर घाईते भएको प्रहरीले जनाएको छ ।

उनको टाउँको पछाडिको भागमा गहिरो चोट लागेपछी तत्काल उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङंगा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि राती नै सामुदायिक मिसन अस्पताल ओखलढुङ्गा ल्याइएको थियो ।

सामुदायिक अस्पताल बाट थप उपचारको लागि उनलाइ राती २:४0 बजेको तिर पुनः थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

हाल निजको अवस्था तत्काल बोल्न नसक्ने र गम्भीर रहेको रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!