ओखलढुंगा । सहकारी ठगी सम्बन्धि कसुर मुद्वामा संलग्न रहेका २ जना फरार प्रतिवादी पक्राउ परेका छन । गत मङ्सिर १५ गते बचतकर्ताहरुले वादी नेपाल सरकार प्रतिवादी बिनोद सुनुवार समेत भएको सहकारी ठगी सम्बन्धि कसुर मुद्वा सम्बन्धी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा मुद्दा दर्ता भएकोमा उक्त कसुरमा संलग्न रही वारदात पश्चात फरार रहेका प्रतिवादी श्रीककनी गौरीबन कृषि सहकारी संस्था लिमिटेड, ओखलढुंगाका अध्यक्ष ओखलढुंगा चम्पादेवी गा.पा. वार्ड नं. ९ बस्ने अं वर्ष ४१ को बिनोद सुनुवार र उक्त सहकारी संस्थाका उपाध्यक्ष जिल्लाकै मोलुङ गा.पा. वार्ड नं. ४ हर्कपुर बस्ने वर्ष अ. ६२ को पदम बहादुर खत्री सहितलाई पक्राउ गर्नको लागि जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएको थियो ।
निजहरुलाई खोजतलास गर्ने क्रममा बुधबार बिनोद सुनुवारलाई जिल्ला प्रहरी ओखलढुंगाबाट खटिएको प्रहरी टोलिले काठमाडौं म.न.पा. वार्ड नं.६ बौद्ध स्थितबाट र पदम बहादुर खत्रीलाई मोलुङ गा.पा.वार्ड नं. ४ हर्कपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुलाइ आज ( बिहिबार) जिल्ला अदालत ओखलढुंगाबाट थुनामा राखी अनुसंधान गर्नहुन भनि दिन ६ दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।