• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । जिल्लाको चिसंखुगढी गाउँपालिका ५ थुम्कीमा मङलबार राती परेको अबिरल बर्षाका कारण घर पहिरोले बगाउदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया देवकुमारी खत्री रहेकी छन । पहिरोमा परी निजकै ३९ वर्षिय श्रीमान बाबुराम खत्री  र १८ वर्षिया छोरी मेनुका खत्री घाइते भएका छन । घटना बारे प्रहरी चौकी शेर्नामा ०४:४० बजेको समयमा स्थानियले जानकारी गराएका थिए ।

जानकारी पस्चात प्रहरी चौकी शेर्नाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ खटी गएको थियो । घटनास्थलमा पुगी हेर्दा निजको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको १ तले घर र गोठ समेत पूर्ण रुपमा पहिरोले पुरेको र निजको घरका ३ जना सदस्य मध्ये ३ जनालाई नै पहिरोले पुरेको अवस्थामा फेला पारिएको थियो ।

स्थानिय जनप्रतिनिधि, स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा मृतकको श्रीमान बाबुराम र छोरी मेनुकालाइ शकुसल पहिरोबाट उद्वार गरी उपचारको लागि स्थानिय मेडीकल पठाइएको प्रहरीले जनाएको छ ।

निज देवकुमारीको भने घटनास्थलमा नै मृत्यू भईसकेको अवस्थामा उद्वार गरी बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना बारे थप विवरण आउन बाकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!