ओखलढुंगा । अभिरल वर्षाका कारण झरेको पहिरोमा परेर आमाछोरी घाईते भएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका १२ जि.स.स स्थित ओखलढुंगा–रामपुर भित्री सडक खण्डको माथीबाट झरेको पहिरोले पुरिएर उनिहरु घाईते भएका हुन ।
आज (शनिबार) दिउँसो झन्डै ३:५० बजेतिर झरेको पहिरोमा परेर भोजपुर घर भई हाल जि.स.स एरियामा होटल संचालन गर्दै आएकी ३० वर्षिया ईन्दिरा खत्री (बिष्ट) र निजकै १३ बर्षिया छोरी लक्ष्मी बिष्ट घाईते भएकी हुन ।
उनिहरुको तत्काल उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रुमा पठाईएको थियो । उनिहरुको शरिरका विभिन्न भाग र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । हाल उनिहरुको अस्पतालमै उपचार भैरहेको र अवस्था सामान्य रहेको बताईएको छ ।
पहिरोले उनिहरुको जस्ताको बेरा र टिनको छानो भएको टहरा खाजा घर तथा किराना पसल बगाएर पुर्ण रुपमा क्षती भएको थियो । यस्तै पहिरोले अवरुद्ध भएको रामपुर–ओखलढुंगा सडक भने खुलाईएको छ ।
तर रमाईलोडाँडाबाट जि.स.स. एरिया आउने सडक भने अबरुद्ध नै रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।