• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आफ्नै आमाले २ महिने शिशुको हत्या गरेकी छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खुकी २६ वार्षिया दिपकुमारी राइले २ महिने छोराको हत्या गरि जङ्गलमा फालेकी हुन ।

गत असार ३१ गते अन्दाजी १२:५० बजेको समयमा जिल्लाको चिसङ्खुगढि गाउपालिका ८ बाघखोर स्थित जङ्गलमा तत्काल नाम थर वतन नखुलेको अन्दाजी २ महिनाको शिशु (छोरा) मृत अवस्थामा फेला परेको थियो ।

घटनाको जानकारी पाएपछी  प्रहरी टोलीले घटना स्थल पुगेर उक्त मृतक शिशुको कानुनी प्रकृया पुरा गरी लास पोष्ट मार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाईएको थियो । पछि अनुसन्धानको क्रममा निज मृतक शिशु दिप कुमारीको छोरा (हिमाल राई) रहेको खुलेको थियो ।

साेही दिन निज दिप कुमारी राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दा निज मृतक शिशुको आमाले नै किटनासक औषधी खुवाई हत्या गरी जंगलमा फालि दिएको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बिजय कार्कीले जानकारी दिए ।

उनका अनुसार  प्रारम्भिक अनुसन्धानमा मृतक बालक जन्मेदेखि नै रोई राख्ने दिक्क लगाउने गरेकोले हत्या गरेको भनि  निजकी आमा दिपकुमारीले बयान दिएकी छिन । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!