ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदाैरे स्थित सिङेडाँडामा लेनदेन विवाद हुँदा एक ब्यक्ति माथी धारिलो हतियार (कट्टा) प्रहार भएको छ । स्थानीय ५५ वार्षिय विमल केसी र ६१ वार्षिय भुलबहादुर बिक बिच लेनदेनको बिबाद हुँदा केसिले बिकलाइ कट्टा प्रहार गरेका हुन ।
आज (शनिबार) दिउँसो केसीले बिच बाटोमै कट्टा प्रहार गरेका हुन । कट्टा प्रहारबाट बिक घाइते भएका छन । केसीले यस अघि पनि सामान्य लेनदेनको बिषयलाइ लिएर स्थानीयको घरमा चाबी लगाइदिने, कुटपिट गर्ने, सार्बजनिक स्थानमा गालीबेइज्जती गर्ने जस्ता अमर्यादित क्रियाकलाप गर्ने गरेको स्थानीयको गुनासो छ । कट्टा प्रहारको घटना पछि स्थानिय समेत त्रसित बनेका छन ।
यता जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले भने लेनदेनको विषयमा दुई पक्षबिच झगडा हुँदा केसी सहित ३ जना सामान्य घाइते भएको बताए । उनका अनुसार बिक र केसि सहित झगडा छुट्टाउने क्रममा सिद्धिचरण नगरपालिका २ का ६० वर्षिय दलबहादुर बिक समेत घाइते भएका छन ।
उनिहरु तिनै जनाको सामुदायिक अस्पताल सोब्रुमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको उनले बताए । केसीले बिकलाइ कट्टा प्रहार गरि हत्याको प्रयास गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको छ ।