• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट एक ८ वर्षिय बालक गम्भिर घाइते भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ११ मिलनचोकमा शनिबार मोटरसाईकलको ठक्करबाट ८ वर्षिय अर्पण कालिकोटे गम्भिर घाइते भएका हुन् ।

शनिबार करिब ५ः३० बजेको समयमा रमाईलो डाडाबाट लगलगेतर्फ जादै गरेको बागमती प्र–०२–०४८ प १६३५ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा उनि गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट बालकको टाउकोमा गहिरो चोट लागेको थियो । उनको तत्काल उद्द्वार गरी उपचारको लागि सामुदायिक अस्पताल सोब्रु लगिएको थियो । सामान्य उपचारपश्चात बालकलाई थप उपचारको लागि तत्काल केएमसी अस्पताल काठमाडौँ रेफर गरिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल र चालक सिद्धिचरण नगरपालिका वडा नं.–११ बसपार्क बस्ने बर्ष २१ को विवेक बाबु गिरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!