• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । गएरातीको अभिरल बर्षाका कारण पहिरो खस्दा जिल्लाको प्रसिद्ध तिर्थस्थल चम्पादेवी ककनी मन्दिरमा क्षती पुगेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका ९ स्थित चम्पादेवी ककनि मन्दिरलाई पहिरोले क्षति पुर्याएको हो ।

मन्दिर भन्दा करिब १ सय मिटर माथिको गोरेटो बाटोबाट पहिरो झरेको प्रहरीले जनाएको । उक्त पहिरोले मन्दिरको संरचना र मन्दिर नजिकै रहेको झर्ना समेत पहिरोले पुर्ण रुपमा पुरिएको छ ।

पहिरोबाट मन्दिरको संरचनाहरु भत्किदा १ करोड रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उक्त मन्दिरमा  बर्सेनि जिल्ला र जिल्ला बाहिरका समेत हजारौं दर्शनार्थीको भिड लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!