• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । कोशी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले विपद व्यवस्थापनमा कोशी प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन । केहि दिन अघि सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीबाट प्रभावित भएका नागरिकलाई सोलुखुम्बुको सदरमुकाममा राहत वितरण पश्चात ओखलढुंगा आएका उनले यस्तो बताएका हुन ।

नेकपा एमालेको पार्टी कार्यालयमा आज (सोमबार) भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विपद हुनु अघि र विपद पश्चात राहत र उद्धारको कार्यमा कोशी प्रदेश सरकार संवेदनशिल भएर लागिपरेको बताएका हुन । प्रदेश सरकारले विपदबाट हुने धनजनको क्षति न्यूनिकरणका लागि विभिन्न किसिमका प्राकृतिक विपद हुनु पुर्व नागरिकलाई सुचित गराउने मोबाईल एप्स ओपनिङ गरेको बताए ।

त्यसको केहि प्राविधिक काम बाँकी रहेकाले सम्पन्न पश्चात नागरिकलाई संभावित विपदको पूर्व जानकारी उपलब्ध हुने उनको भनाई छ । कुनै पनि स्थानमा हुने मौसमी प्राकृतिक विपद व्यवस्थापन, उद्धार र राहतका लागि आवश्यक जेसिभी, एम्बुलेन्स, हेलिकोप्टर समेत तयारी अवस्थामा राखेर सरकार अगाडी बढेको उनले बताए । कतिपय अवस्थामा प्रदेश सरकार आफै सम्बन्धित क्षेत्रमा पुगेर राहत र उद्धारमा सक्रिय भएको उनको भनाई थियो ।

यस्तै सोलुखुम्बु पुगेर आएका कोशी प्रदेशकै सिंचाई खानेपानी तथा उर्जा मन्त्री एकराज कार्कीले २०७४ को निर्वाचन पश्चात खानेपानी तथा सिंचाईमा स्थानीय सरकारले त्यति ध्यान नदिएको बताए । बाटो, पुल पुलेसा लगायतका अन्य भौतिक संचरणा निर्माणका स्थानीय सरकार जुटेकाले बाध्यताका कारण यसतर्फ त्यति ध्यान नगएको उनले बताए ।

जिल्लामा मौसमी विपदबाट क्षति भएका खानेपानी तथा सिंचाईको अवस्था बुझ्न आफु जिल्ला आएको बताउँदै उनले व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायसंग आवश्यक समन्वय गरि अगाडी बढिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!