ओखलढुंगा । आज जनै पुर्णिामा । जनैपुर्निमाको अवसरमा ओखलढुंगाका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । यसै अवसरमा आज जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्नालु स्थित गणेश कुण्डमा पनि भब्य मेला लागेको छ ।
हरेक बर्ष आजकै दिन उक्त स्थानमा ठुलो मेला लाग्ने गरेको छ । मेलामा जिल्ला र आशपासका हजारौं भक्तजनहरुको उपस्थिती हुने गरेको छ । मेलामा धामीझाँक्री ले समेत बिशेष पुजाआजा गर्ने गरेको मेला ब्यबस्थापन समितीले जनाएको छ ।
उक्त मेलामा स्थानीय र जिल्लाका ब्यापारीहरुले विभिन्न खाद्य तथा लत्ताकपडाको व्यापार समेत गर्ने गरेका छन । ओखलढुंगा-रुम्जाटार सडक नजिकै पर्ने यो मन्दिरमा पुग्न सहज बाटो भएकाले पनि भक्तजनहरुको बिशेष भिड लाग्ने गरेको छ ।
उक्त मन्दिरको गनेश कुण्डमा आजको दिन मात्रै पानी भरिने र अन्य दिनमा सुक्ने गरेको स्थानीय बताउँछन् । मन्दिरमा दर्शन गर्नाले रोगब्याधी हरन हुने र सन्तान नभएकाहरुले दर्शन गर्दा सन्तान प्राप्ती समेत हुने जनबिश्वास रहिआएको छ ।