ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिकामा लडेर १ जनाको मृत्यु भएको छ । खिजिदेम्बा गाउँपालिका ६ एलुङ खोला घर भइ हाल जिल्लाको मोलुङ गा.पा.६ चेप्टे स्थित आफन्तकोमा बस्दै आएका ५० बर्षिय दुतमान सुनुवारको मृत्यु भएको हो ।
शनिबार दिउँसो करिब ४ बजेतिर उनि घरबाट गाइ गोठ बनाउन जान्छु भनि हिडेका थिए । आज (आइतबार ) बिहानसम्म पनि घर नफर्किएपछी उनका आफन्तले खोजी गरेका थिए । सोही क्रममा आज बिहान करिब ९ बजे घरभन्दा झन्डै ४ सय मिटर पर बाटो भन्दा ६ मिटर मुनी लडी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछी प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली घटनास्थल तर्फ खटिएको थियो । प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनि प्रकृया पूरा गरि शवलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।