• २०८१, २६ चैत्र मंगलवार
0 COMMENTS

ओखलढुंगा । एक बृद्धा हत्याको आरोपमा  १३ बर्षिय एक किशोर पक्राउ परेका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका ६ की ८२ बर्षिया ठगमायाँ सुनुवारको हत्या आरोपमा उनकै नाती पर्ने सोहि ठाउँका १३ बर्षिय किशोर पक्राउ परेका हुन ।

गत मंसिर ६ गते निज ठगमायाँ शुनुवार आफ्नै भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिईन । घटनाको जानकारी पाएपछि सोहि दिन इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीको प्रारम्भीक अनुसन्धान तथा घटनास्थलको सुरक्षार्थ समेतमा खटिएकोमा घटना शंकास्पद देखिएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा मंसिर ७ गते थप प्रहरी परिचालन भएको थियो ।

उक्त टोलीले मंसिर ९ गते किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए । प्रहरीका अनुसार घटना भएको दिन गत मंसिर ५ गते मृतकले सधैँ झै मादक पदार्थ सेवन गरि आरोपी किशोरलाई अपशब्द र गालीगलौज गरेको थिईन ।

सोहि दिन बेलुका पनि आरोपित कामको लागि  मृतकको घरको बाटो भै जादै गर्दा मृतकले बोलाई बिभिन्न अपशब्द प्रयोग गर्दै लाठी समेतले पिटेको किशोरले प्रहरीलाई बताएका छन । सधै बिनाकारण अपशब्दर गालीगलौज गर्ने र पिट्ने समेत गरेको हुदा उक्त कार्य सहन नसकि आगो  फुक्न प्रयोग हुने फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेको र घटनापछी सोही अबस्थामा  छाडि हिडेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

सोहि प्रहारबाट निजको मृत्यु  भएको हो भनी किशोरले स्विकार समेत गरेको प्रहरी प्रमुख खड्काले बताए । निज आरोपीत किशोरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धार  कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य जारि राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!