• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेमा स्थापना गरिएको जिपलाईनमा पर्यटक तानिँदै गएका छन । करिब ६ महिना अघि गाउँपालिकाले झन्डै ४० लाख खर्च गरेर ४ सय ५० मिटरको जिपलाईन सञ्चालनमा ल्याएको थियो ।

स्थानीय स्तरमा पर्यटन प्रर्वद्धनकै लागि जिल्लामै पहिलोपटक जिप लाईन सञ्चालनमा ल्याईएपछि पर्यटक तानिँदै गएका हुन । जिपलाईन सञ्चालनमा ल्याईएदेखी हालसम्मको अवधीमा ७ सय जना बन्दा बढीले जिपलाईनमा सवार गरिसकेका छन ।

पछिल्लो समय झन जिपलाईमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको मानेभञ्ज्याङ गाउँपालिका ४ का वडाअध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । भनेजस्तो प्रचारप्रसार हुन नसकेकोले हाल जिल्ला र आसपासका आन्तरीक पर्यटक मात्रै जिपलाईनमा सवार गर्न र घुम्न आउने गरेका छन ।

यसलाई थप प्रचारप्रसार गर्न थप अन्य पूर्वाधार निर्माणमा गाउँपालिका र वडा कार्यालय लागिपरेको वडा अध्यक्ष तामाङको भनाई छ । काठमाण्डौ र तराईका जिल्ला आवतजावत गर्ने मुख्य सडकको बिचमा अवस्थित केत्तुकेमा विशेष गरी तामाङ समुदाय र बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!