ओखलढुंगा । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ओखलढुंगाको आफ्नै कार्यालय स्थापना गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रामबजार स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय ( वीपी स्मृति भवनमा) कार्यालय स्थापना गरि सञ्चालनमा ल्याईएको हो ।
पार्टी कार्यालयले भवनमा नेवि संघको कार्यालय स्थापना गर्न आवश्यक कोठा उपलब्ध गराएको थियो । सोहि कोठामा कार्यालय स्थापना गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती ओखलढुंगाका उप–सभापति भिष्मलाल श्रेष्ठले जानकारी दिए । कार्यालयको नेपाली कांग्रेसका जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले रिबन काटेर औपचारिक उद्घाटन गरे ।
कार्यालय स्थापना पछि संघका उप–सभापति श्रेष्ठले आउँदा दिनमा नेवि संघको कामकारबाही र आश्यक गतिविधी सञ्चालन गर्न निकै सहज हुने बताए । कार्यालय नभएका कारण नेवि संघका विभिन्न गतिविधिहरु सञ्चालन गर्न सकस भएको र नेविसंघका पदाधिकारीहरूसँगको छलफल र आफ्नो एकल प्रयासबाट विभिन्न दाताहरुबाट सहयोग प्राप्त भएपछि कार्यालय स्थापना सम्भव भएको उनको भनाई थियो ।
उप–सभापति श्रेष्ठकै पहल र सक्रियतामा कार्यालय स्थापनाका लागि व्यवसायीहरु निबन्ध श्रेष्ठले स्टिल दराज र निलराज सप्लायर्सले अफिस टेबल उपलब्ध गराएका थिए । त्यस्तै योगेश्वर अधिकारीले अफिस चेयर, रुपल श्रेष्ठले १० थान प्लास्टिक कुर्सी र कृष्ण श्रेष्ठले फाइल ¥याक सहयोग गरेका नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती ओखलढुंगाले जनाएको छ ।