• २०८२, ९ बैशाख मंगलवार
0 COMMENTS

ओखलढुंगा। प्रत्येक वर्ष हावाहुरी,असिनापानी,बाढीपहिरो र खडेरीजस्ता प्राकृतिक विपतीका कारण ठुलो संख्यामा कृषकको बालीनाली नष्ट हुँदै आएको छ । यस्तो अवस्थामा उचित क्षतिपुर्तीको ब्यवस्था नहुँदा कृषकले विभिन्न खाले समस्याको सामना गर्दै आईरहेका छन । प्राकृतिक विपत्तीका कारण कृषी क्षेत्रमा हुनसक्ने हानीनोक्सानीलाई कृषी विमाले राहत मिल्नसक्ने भन्दै यसबारे ओखलढुंगाका सरोकारवाहरुसंग छलफल गरिएको छ ।

कृषी ज्ञान केन्द्र ओखलढुंगाले आज (मंगलबार) कृषक तथा कृषिसंग सम्बन्धित सरोकारवालाहरु बिच कृषि सम्बन्धि अन्तरक्रिया गोष्ठीको आयोजना गर्दै कृषि बिमा र यसको फाईदा बारे प्रस्ट पारेको हो । कार्यक्रममा जिल्ला स्थित विभिन्न स्थानीय तहका कृषि प्राविधिक, निर्जिवन बिमा कम्पनीका प्रतिनिधी, अगुवा कृषक र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँले कृषि बिमा के हो ? किन गर्ने? यसको फाईदा, प्रक्रिया, कृषी विमाले रक्षाबरण गर्ने जोखिमहरु, बिमालेखको प्रकार, बिमांक रकम, दाबी तथा भुक्तानीआदी बारे प्रष्ट पारे । विभिन्न कृषी बालीमा क्षति पुगेपछि कृषकहरु राहत तथा क्षतिपुर्तीको माग गर्दै ज्ञान केन्द्रमा धाउने गरेपनि उचित स्रोत नहुँदा कृषकको समस्या सम्बोधन गर्न नसकिएको उनले बताए ।

यस्तो अवस्थामा कृषकले कृषि बिमा गरे बिमा कम्पनी मार्फत कृषकलाई लाभ मिल्ने उनको भनाई थियो । कृषी विमा गरेपछि कृषकले पाउने सुबिधा सकेसम्म सहज र सरल तरिकाले उपलब्ध गराउन पनि उनले कार्यक्रममा सहभागी विमा कम्पनीका प्रतिनिधीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा विमा कम्पनीका प्रतिनिधीहरुले कृषी बिमाका लागि कृषकहरु आउँदै नआउने गरेको बताए । बिमा गरेपछि आवश्यक सबै प्रक्रिया पुरा भए दाबी भुक्तानीमा समेत समस्या नरहेको उनिहरुको भनाई थियो । यता जिल्लाका अगुवा कृषकहरुले पनि कृषी विमा र यसको फाईदा बारे प्रष्ट भएकाले कृषि विमाको आवश्यकता महसुस गरिएको बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुुख टेकराज भट्टराईले प्रदेश सरकारले कृषी कर्जामा ब्याज अनुदान दिने निति ल्याईसकेको स्मरण गराउँदै कृषी बिमाले कृषकलाई थप राहत मिल्ने बताए । तल्लो तहका कृषकलाई समेत बिमाको दायरामा ल्याउन सकिए कृषि बिमा कृषकका लागि फलदायी साबित हुने उनको भनाई थियो । जिल्ला स्थित बिमा कम्पनी र सरोकारवालाहरु संग आवश्यक समन्वय गरेर कृषी विमाको दायरा फराकिलो बनाउन आफ्नो पहल रहने पनि भट्टराईले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!