• २०८२, १२ बैशाख शुक्रबार
0 COMMENTS

ओखलढुंगा । ट्रयाक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटार स्थित हिलेपानी जयरामघाट सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो । आज (बुधबार ) बिहान करिब ७:१५ बजे जयरामघाटबाट सिमेन्ट, पानीको ड्रम बोकि सोक्माटार तर्फ आउदै गरेको स १ त ६११६ नम्बरको ट्रयाक्टरको पछाडीको ट्रलिको हिच पिन भाचिन गई दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि ट्रयाक्टरमा सवार ५ जना घाइते भएका हुन । घाइते हुनेहरुमा जिल्लाको मानेभञ्ज्याङ २ का ३० वर्षिय धनकुमार बि.क. र कुमार बि.क. छन । त्यसै गरि सोही ठाउँका २५ वर्षिय भाईकाजि राई, १५ वर्षिय झनक श्रेष्ठ र ५७ वर्षिय तुलबहादुर श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार घाइतेहरुको टाउको, छाती, हातखुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनिहरुको तत्काल उद्द्वार गरि उपचारको लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको छ ।

ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्विर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!