• २०८२, २७ बैशाख शनिबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ८ रावाटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान करिब १० बजेतिर कैलाली जिल्लाको साबिक हसुलिया गाबिस ४ का ३० बर्षिय बिन्दु चौधरीको मृत्यु भएको हो ।

खिजिदेम्बाको रावाटोल स्थितमा रहेको सिग्माकोण प्रा.लि. काठमाण्डौको ठेक्कामा रहेको ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी उक्त प्रालिको कर्मचारी रहेको खुलेको छ । घटना बारे थप जानकारी आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

साङ्केतिक तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!