• २०८२, ८ जेष्ठ बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा प्रथम मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिता आज (मंगलबार) बाट सुरु भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नम्बर १२ स्थित स्थानीय खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कोशी प्रदेशका सांसद प्रदिपकुमार सुनुवारले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरे ।

सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई जिसस प्रमुख टेकराज भट्राई, उपमेयर केदारबाबु बस्नेत लगायतले सम्बोधन गरेका थिए । उनिहरुले खेल क्षेत्रको विकासका लागि पनि यस्ता प्रतियोगिताहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए । जिल्लाका कतिपय खेलाडीहरु राष्ट्रिय टिममा समेत सहभागी हुन सफल भएको भन्दै खेलकुदको माध्ययमबाट जिल्लालाई चिनाउन समेत सकिने धारणा ब्यक्त गरे ।

प्रतियोगितामा ओखलढुंगा र सोलुखुम्बुका गरि विभिन्न १० समुहले भाग लिएका छन । प्रतियोगिताको आज पहिलो दिन एउटा मात्र खेल भएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र खिस्तो युवा समाज मोलुङ २ ओखलढुंगा बिच भएको खेलमा खिस्तो युवा समाजले खेल जितेको छ । उसले २ का बिरुद्ध ३ गोल गर्दै खेल जितेको हो । पहिलो हाफमा २ गोल गरेको खिस्तोले दोस्रो हाफमा पुन १ गोल गर्न सफल भएको थियो ।

यता प्रहरीले भने खेलको दोस्रो हाफमा मात्र २ गोल गर्न सफल भएको हो । आउँदो जेष्ठ ३ गतेसम्म सञ्चालन हुने प्र्रतियोगिताको प्रथम पुरस्कार नगद रु २ लाख २२ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै द्धितिय पुरस्कार १ लाख ११ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र र सेमिफाईनलिष्ट २ समुहले प्रतिसमुह ४४ हजार ४ सय ४४ नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन ।

त्यसैगरी १ एक जना उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्कोररलाई प्रतिब्यक्ति ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!