• २०८२, २३ असार सोमबार
0 COMMENTS

ओखलढुंगा । ब्रेष्ट (स्तन) क्यान्सरबाट पीडित महिलाको उपचारका लागि आमा समुहले आर्थिक सहयोग जुटाएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेको रक्तमाला आमा समुहले स्थानीय ५२ बर्षिया क्यान्सर पीडित भुपमाया खड्काको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

रक्तमाला आमा समुहको तर्फबाट आज (आइतबार) १४ हजार ५ सय रुपैयाँ पीडितका परिवारको खातामा जम्मा गरिएको समुहकी सचिव तथा महिला स्वास्थ्य स्वयंसेविका गंगा खड्काले जानकारी दिइन ।

पीडित खड्का करिब २ महिना देखि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचाररत छिन । उनलाइ यस अघि ४ पटक किमोथेरापी दिइसकिएको छ । पुन ४ वटा किमोथेरापी थपिएको र पाचौं किमोथेरापी दिइरहेको बताइएको छ । ८ वटा किमोथेरापीपछि अप्रेसन गर्नुपर्ने वा नपर्ने एकिन हुने परिवारका सदस्यले बताएका छन ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भएको रकम पनि हालसम्मको उपचारमा खर्च भएर थप उपचारको लागि आर्थिक अभाब भएपछी आफुहरुले थोरै भएपनी सहयोगको सुरुवात गरिएको सचिव खड्काले बताइन । रक्तमाला आमा समुहको यो सुरुवाती सहयोगले अन्य सहयोगी मनलाइ पनि सहयोग गर्ने प्रेरणा मिल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

सहयोग नै धर्म हो भन्दै अन्य दाता र सहयोगी मनहरुलाइ पनि पिडितको उपचारका लागि आफुले सकेको सहयोग गर्न सचिव खड्काले आमा समुहको तर्फबाट अनुरोध समेत गरेकी छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!