• २०८२, २२ असार आईतवार
0 COMMENTS

ओखलढुंगा । बैंकिङ कसुरमा फरार रहेका ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७, बिगुटार निवासी ६० वर्षिय बलबहादुर कटवाललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । उनीमाथि झन्डै ११ लाख रुपैयाँ बराबरको चेक बाउन्स गरेको आरोपमा मुद्धा दर्ता गरिएको थियो ।

प्रहरीका अनुसार कटवाललाई लामो समयदेखि फरार अभियुक्तको सूचीमा राखिएको थियो । विशेष सूचनाका आधारमा खोजी गर्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ मा लुकीछिपी बसिरहेको अवस्थामा असार १५ गते पक्राउ गरिएको हो।

पक्राउपछि कटवाललाई आज (सोमबार) जिल्ला अदालत ओखलढुंगामा पेश गरिएको छ । अदालतले प्रारम्भिक अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।

तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय ओखलढुंगा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!