• २०८२, २४ असार मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। स्थानीय नानुमाया भुजेललाई आज (मंगलबार) राति करिब ८ः३० बजेको समयमा आफ्नै घरमा खाना खाने क्रममा चट्याङको झट्का लागेको थियो।

घटना बारे राति ९ः३५ बजे प्रहरी चौकी रुम्जाटारमा खबर प्राप्त भएपछि प्रहरी टोली ५ मिनेटमै खटिएको थियो। घटनास्थलमा ९ः५० बजे प्रहरी पुग्दा भुजेलको हात–खुट्टा नचल्ने अवस्था र बोलाइ सामान्य रहेको जानकारी प्राप्त प्रहरीले जनाएको छ।

उक्त घटनापछि घाइते भुजेलको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!