• २०८२, २५ असार बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–५, काफ्ले टोलमा चट्याङ लागेर एउटा भैँसी मरेको छ ।

स्थानीय चूडा बहादुर काफ्लेको बाँसको टाटीले बनाइएको गोठमा बाँधेर राखिएको भैँसी गए रातिको वर्षासँगै परेको चट्याङ लाग्दा गोठमै मृत फेला परेको हो।

घटनाबारे जानकारी पाएपछि आज (बुधबार) बिहान ८ बजे प्रहरी चौकी यसमबाट खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक जानकारी संकलन गरेको थियो ।

मृत अवस्थामा भेटिएको भैँसीको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!