• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–६ तारे भिरमा लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लिखु गाउँपालिका ३ बस्ने ६० वर्षीय तुरणबहादुर योगी गत साउन २० गते घरबाट लिखु ८ टारकेराबारीमा फेरी लगाउन गएका थिए।

काम सकेर घर फर्किने क्रममा तारे भिरबाट करिब ५०० मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। मृतकका छोरा १८ वर्षीय अविन योगीका अनुसार घटनाको दिन उनी खेतको काम सकेर फर्किंदै गरेका थिए।

साउन २७ गते दिउँसो ४ बजे घटनाबारे गाम्नाङटार प्रहरी चौकीमा खबर प्राप्त भएपछि त्यहाँबाट प्रहरी टोली खटिएको थियो । घटनास्थल सुरक्षित राखिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि आज (बुधबार) जिल्ला प्रहरी कार्यालयबाट थप टोली पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!