• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । एकै महिलालाइ जबरजस्ती करणी गरेको कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका–७ बस्ने ४५ वर्षीय ङिमा शेर्पा र २९ बर्षका लाक्पा रिन्जी शेर्पा रहेका छन ।

ङिमाले २०८१ फाल्गुन ११ गते सिद्धिचरण नगरपालिका ७ फन्दपुर देबिस्थान स्थित जङलमा एक फरक क्षमता भएकी महिलालाइ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । सोही महिलालाइ लाक्पा रिन्जीले पनि २०८२ साउन ४ गते घरको कोठामा लागि जबरजस्ती करणी गरेको खुलेको छ ।

सोही घटना सम्बन्धी फरार रहेका उनलाई बुधबार पक्राउ गरिएको हो। पक्राउ परेका उनिहरुलाइ जिल्ला अदालत ओखलढुंगाबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान जारी गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी मदन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!