ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले बुधबार (भोली) नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले हालै Gen-Z पुस्ताका नेपाली युवाहरुको आन्दोलनका क्रममा ज्यान गुमेको दुखद घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयमा शोक विदा दिने निर्णय गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिमा मृत बालबालिकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिएको छ। साथै, यस्ता घटनाबाट प्राप्त शिक्षालाई जिम्मेवार ढंगले आत्मसात गर्न सबैलाई आह्वान गरिएको छ।
नगर प्रमुख तेजन खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा शोक विदाको दिन विद्यालयका सबै गतिविधि स्थगित रहने जनाइएको छ।


