• २०८२, १९ चैत्र बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–११ बरडाँडामा सर्पले टोकेर एक महिला घाइते भएकी छन् । स्थानीय ५२ वर्षीया विष्णु तामाङ सर्पको टोकाइबाट घाइते भएकी हुन ।

(हिजो) बुधबार बिहान करिब ९ः३० बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा तामाङलाई दाहिने हातको औंलामा सर्पले टोकेको बताइएको छ। सर्पको टोकाइबाट घाइते भएकी उनलाई तत्काल उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगामा लगिएको थियो ।

अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि उदयपुरस्थित भुल्के आर्मी ब्यारेक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ ।

साङ्केतिक तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!