• २०८३, ११ बैशाख शुक्रबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा आगलागी हुँदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ। आज (बिहीबार) बिहान ११:३० बजेतिर मोतिलाल राईको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको एकतले घरमा बिजुली सर्ट भएर आगलागी भएको हो ।

घटनाको जानकारी दिउँसो १ बजे प्रहरी चौकी केतुकेमा प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। तर, स्थानीयवासीको सहयोगमा दिउँसो १२ बजेतिर आगो नियन्त्रणमा ल्याइसकेको प्रहरीले पुष्टि गरेको छ।

आगलागीबाट घरसँगै भित्र रहेको भाडाकुडा, लत्ताकपडा, अन्नपात र नगद २५ हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । आगलागीबाट मानवीय वा चौपायामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!