• २०८२, ३० फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । अभद्र व्यबहार सम्बन्धीको कसुरमा १ ब्यक्ती पक्राउ परेका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका–५ का ४० वर्षका डम्बरबहादुर सुनुवार पक्राउ परेका हुन ।

उनले गत भदौ १७ गते खिजिफालाटे बजार क्षेत्रमा सुरक्षाका लागि बनाइएको प्रहरी पोस्टमा ढुङ्गामुडा र लात्तीले हानेर तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार शुनुवारले ड्युटीमा रहेको प्रहरी टोलीलाई समेत अपशब्द प्रयोग गर्दै गालीगलौज र अभद्र व्यबहार गरेका थिए ।

उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आदेशअनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनुवारलाई सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!