ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिका–८ बस्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा पठाइएको छ। कार्कीले गत २०८२ साउन २० गते एक महिलामाथि जबरजस्ती करणी उद्योग गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो।
जिल्ला अदालत ओखलढुंगाले आज(सोमबार) मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेश अनुसार कार्कीलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।


