• २०८२, ३० फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–७ सिमपानेमा आगलागी हुँदा १ घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आज (सोमबार) बिहान करिब ११ः३० बजे स्थानीय प्रेमबहादुर थापाको जस्तापाताले छाएको, बाँसको टाटीले बेरिएको भान्सा घरमा चुलोमा बालेको आगो अचानक टाटीमा सल्किँदा आगलागी भएको हो।

घटनाबारे दिउँसो २ बजे प्रहरी चौकी गाम्नाङटारमा खबर पुगेसँगै प्रहरी टोली खटिएर बुझ्दा स्थानीयबासीहरूको सहयोगमा दिउँसो १ बजे नै आगो नियन्त्रणमा ल्याइएको पाइएको थियो। आगलागीबाट भान्सा घर पूर्णरूपमा जलेको छ भने घरभित्र रहेका भाँडाकुडा, लत्ताकपडा, अन्नपात र नगद दश हजार रुपैयाँसहित करिब एक लाख बीस हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

आगलागीमा कुनै मानवीय र पशुचौपायामा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

तस्बिर सौजन्य : जिप्रका ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!