• २०८३, ११ बैशाख शुक्रबार
0 COMMENTS

ओखलढुंगा । बालयौन दुरुपयोगको मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले मानेभञ्याङ गाउँपालिका–१ निवासी २६ वर्षीय विजय राईलाई पक्राउ गरेको हो ।

उनलाई गत भदौ १२ गते मानेभञ्ज्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले भक्तपुर मध्यठिमी नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाइ २०८० माघ १४ गते जिल्ला अदालत ओखलढुंगाले बालयौन दुरुपयोग मुद्दामा २ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

सजाय तोकिए पछि पनि फरार रहेका राईलाई प्रहरीले पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!