ओखलढुंगा । बिश्वकर्मा पूजा जिल्लामा पनि बिशेष धुमधामका साथ मनाइएको छ। औजार, मेसिनरी, सवारी साधन तथा विभिन्न उद्योग–धन्दामा संलग्न कामदार, व्यवसायी र सर्वसाधारणले आफ्ना कार्य उपकरण तथा साधनहरूलाई पूजा–अर्चना गरी यस पर्व मनाएका हुन्।
जिल्लाको सदरमुकाम स्थित रामबजार,भैरबटोल,रमाइलोडाडालगायत क्षेत्रका विभिन्न वर्कसप, ग्यारेज, निर्माण स्थलदेखि कार्यालयसम्ममा बिश्वकर्माको पूजा गरिएको थियो। विशेषगरी मेकानिक, कारिगर, निर्माण व्यवसायी तथा सञ्चार उपकरण प्रयोग गर्नेहरूले आफ्ना उपकरणलाई फूलमाला, अबिर, अक्षता र प्रसाद चढाएर पूजा गरेका थिए।
पुजाको अवशरमा सदरमुकामकाम क्षेत्रमा सवारी साधन सजाइएका देखिन्थे भने वर्कसप तथा कारखानामा विशेष चहलपहल थियो। स्थानीयहरूले यस दिनलाई कामको सुरुवात र उपकरणको संरक्षण गर्ने संस्कारका रूपमा लिने गरेका छन्।
बिश्वकर्मा पूजाले श्रम, सीप र उत्पादनशीलताप्रति सम्मान प्रकट गर्ने अवसर दिलाउने विश्वास गरिएको छ। कामको देवता बिश्वकर्माले आफ्ना औजारलाई दीर्घायु, सुरक्षित र फलदायी बनाइदिउन् भन्ने कामना गर्दै पूजाआजा गर्ने चनल छ ।
तस्बिर सौजन्य : कुमार दाहाल


