• २०८३, १३ बैशाख आईतवार
0 COMMENTS

ओखलढुंगा । काठमाण्डौको एक कारगारबाट फरार एक महिला कैदी पक्राउ परेकी छन । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खु स्थायी ठेगाना भएकी २६ वर्षिया दिप कुमारी राई रहेकी छन ।

उनी ज्यान सम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय जगन्नाथ देवल काठमाण्डौमा जेल सजाए भोगिरहेकी थिइन । गत भदौ २४ गते जेलबाट फरार भै जिल्लाको चिसङ्खुगढी गाउँपालिका ८ माम्खा स्थित माइती घरमा लुकिछिपी बसेकी थिइन ।

उनको अवस्था बारे आज (बुधबार) प्रहरीलाई खबर प्राप्त भएको थियो । सुचनाको आधारमा बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोलीले उनलाइ माइती घरबाटै पक्राउ गरेको हो । पक्राउ परेकी उनलाइ कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!