ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा चट्याङको झटका लागि पाँच वटा पशु चौपाया मरेका छन । मानेभञ्ज्याङ–२ का यानबहादुर कार्कीको गोठमा शनिबार राति परेको वर्षासँगै आएको चट्याङको झटका लागि तीनवटा गोरु, एकवटा भैंसी र एकवटा खसी मरेको प्रहरीले जनाएको छ ।
घटना शनिबार राति करिब १० बजे भएको र आज (आइतबार) बिहान ६ः३० बजे मानेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोष्ट केत्तुकेमा जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रम भट्टराईले जानकारी दिए ।


