• २०८२, २३ फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणनामा जिल्लामा नेकपा एमालेको सुरुवाती अग्रता देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा (आज) शुक्रबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेकी अस्मिता थापाको अग्रता देखिएको हो । हालसम्म लिखु गाउँपालिका २ देखि ९ सम्मको मत परिणाम सार्बजनिक भैसकेको छ ।

जस्मा नेकपा एमाले २ हजार २१८ मत सहित अगाडी छ । त्यस्तै रास्वपा १ हजार ३८३ मत सहित दोस्रो स्थान, नेपाली काङ्ग्रेस १ हजार ६९ सहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी ९६३ मत सहित चौथो स्थानमा छ । मतगणना लिखु गाउँपालिका–२ बाट आएको मतपेटिकाबाट सुरु गरिएको थियो ।

मतगणना जारी रहेकाले परिणाममा उतारचढाव आउन सक्ने आंकलन गरिएको छ । सर्वदलीय प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा मतगणना भइरहेको छ।यसअघि सम्पन्न मतदानमा जिल्लाभरका मतदाताले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए भने अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ। मतगणना सकिँदै जाँदा क्रमशः थप नतिजा सार्वजनिक गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!