२७ अषाढ,२०७९ ओखलढुंगा
नेपाल सरकारलाई संघिय निजामती ऐन तत्काल जारी गर्न दवाव दिदै ओखलढुंगाका चार कर्मचारी संगठनले संयुक्त ज्ञापन पत्र बुझाएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङमार्फत संगठनले प्रधानमन्त्रीको कार्यलय संहदरवारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले संघिय निजामती ऐन जारी गर्न नसक्दा कर्मचारीहरुको सरुवा,बरुवा तथा बृद्धी बिकाशमा असर परेको भन्दै संगठनले ज्ञापन पत्र बुझाएको नेपाल निजामती कर्मचारी युनियन ओखलढुंगाका जिल्ला कोषाध्यक्ष बिरेन्द्र तामाङले बताए । राष्ट्रसेवक कर्मचारीको ब्यवस्थापनको क्षेत्रमा सरकार गम्भिर नबनेको भन्दै यसको ब्यवस्थापनको पाटोमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा युनियनको जोड छ ।
नेपाल निजामती कर्मचारी संगठन ओखलढुंगा,नेपाल निजामती कर्मचारी युनियन ओखलढुंगा,एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्य समिती ओखलढुंगा र राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिती ओखलढुंगाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले संघिय निजामती ऐन लागु हुनुपर्नेमा जोड दिदै युनियनले बुझएको पत्र संबन्धीत निकायमा तत्काल बुझाउने प्रतिबद्धता जनाए ।
उनले लामो समयदेखी ऐन जारी नहुदाँ कर्मचारीको बृद्धी बिकाशमा समेत प्रत्यक्ष असर परको भन्दै यसलाई सरकारले पनि तत्काल सम्बोधन गर्नुपर्ने बताए । संयुक्त युनियनले चालु अदिवेशनबाटै संघिय निजामती ऐन जारी नभए थप संघ्रर्षका कार्यक्रमलाई अघी बढाउने चेतावनी दिएको छ ।
सोमबार देशभरका ७७ वटै जिल्लामा रहेका आधिकारी ट्रड युनियन र जिल्लामा रहेका कर्माचारी संघ संगठनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयको ध्यनाकषर्ण गराएका छन् ।
हेर्नुस् ज्ञापनपत्र