• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

२७ अषाढ,२०७९ ओखलढुंगा
जातीय पहिचान संरक्षण गर्न ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले पहल सुरु गरेको छ । नगरपालिकाको १२ नम्बर वडा कार्यलयले नेवार समुदायको जातीय पहिचान संरक्षण गर्न पोशाक बितरण गरेको छ ।

सोमबार वडा कार्यलयको तर्फबाट जनहीत गुठी ओखलढुंगालाई नेवारी समुदायको पहिचान झल्कने पोशाक बितरण गरेको गुठीका अध्यक्ष धु्रर्व कुमार राजभन्डारीले जानकारी दिए । वडा कार्यलयको चालु आर्थीक बर्ष २०७८–०७९ को बार्षिक कार्यक्रम अन्तरगत जतीय पहिचान संरक्षणका लागी महिला,पुरुषका लागी पोशाक उपलव्ध गराईएको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए ।

करिब १ लाख रुपौयाको बजेटमार्फत पुरुषका लागी दौरा सुरुवाल र महिलाका लागी साडी,चोली तथा हाकुपटासी बितरण गरिएकोे छ ।
वडा अध्यक्ष श्रेष्ठले गुठीका अध्यक्ष ध्रुर्वकुमार राजभन्डारीलाई पोशाक हस्तान्तरण गरे । महिला र पुरुषका लागी १५–१५ थान पोशाक हस्तान्तरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

उक्त पोशाकलाई गुठीले सामाजीक कार्यक्रमका क्रममा जातीय पहिचान झल्कने किसीमले प्रद्र्धशन गर्ने जनाएको छ । वडा अध्यक्ष श्रेष्ठले संस्कृती र संस्कारलाई संरक्षण गरी जातीय पहिचानलाई जोगेर्ना गर्नु आजको आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा वडा सचिव सुनिता निरौला,स्वास्थ्य शाखाका शाखाका प्रतिनिधी लागतय बिभिन्न सामाजीक तथा स्थानीय ब्यतित्वहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!