ओखलढुंगाः जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । जिल्ला अदालत ओखलढुगाका अनुसार बैवाहीक बन्धनमा बाँधिएका श्रीमान श्रीमतीबिच बेमेलका कारण हुने सम्बन्ध विच्छेदका घटना बढ्न थालेका हुन् ।
अदालतका अनुसार आर्थिक वर्ष ०७८÷०७९ मा मात्र देवानी तर्फका मुद्दामध्ये ५३ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्धा दर्ता भएका छन् । देवानीतर्फ आधा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका श्रेस्तेदार नविन खनालले बताए । उनका अनुसार यस्ता खालका मुद्दा २० वर्षदेखि ३५ वर्ष उमेर समुह बिचका बढीमात्रामा रहेका छन् ।
पति पत्नि सँगै नहुँदा सम्बन्धमा आउने दरारका कारण धेरै जसो बिवाद संम्बन्ध बिच्छेद सम्म आएर टुंगीने गरेको जिल्ला अदालत ओखलढुंगाका जिल्ला अदातलका न्ययधिश दल बहादुर केसीले बताए । उनका अनुसार अधिकाशं संम्बन्ध बिच्छेदका घटनामा बैदेशिक रोजगारी संग जोडिएर आउने गरेका छन् ।
श्रीमान् बैदेशिक रोजगारीबाट फर्केर आउँदासम्मका आर्थिक तथा समाजिक समस्या र नैतिक प्रश्नहरुले संम्बन्ध बिच्छेदका मुद्धालाई बढाएको छ । श्रीमान् विदेशमा हुँदा देखिएका विचलनले सम्बन्ध विच्छेसम्म पुर्याएको र अधिकांश केशहरु त्यस्तै आउने जिल्ला न्ययधिश केसीको भनाई छ ।
धेरैजसो युवायुवति सम्बन्धमा आएको आपसी दरारका कारण सम्बन्ध टुटाउन तयार हुनु दुखद बिषय भएको ओखलढुंगा क्याम्पसका समाज शास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले बताए ।
सम्बन्ध बिच्छेदले भैरहेको सुन्दर परिवार भत्किने मात्रै नभई आश्रित सदस्यहरु समेत संरक्षक विहीन हुने गरेको उनको बुझाई छ ।