• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः वडा तहबाटै समाजिक सुरक्षा भात्ता पाएपछि स्थानीय खुशी भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ७ बिगुटारका नागरिकलाई वडा अध्यक्षले गाउँबाटै समाजिक सुरक्षाभात्ता बितरण गर्नथालेपछि स्थानीयहरु खुशी भएका हुन् ।

वडा अध्यक्ष भल बहादुर कट्वालले सनराइज बैङ्कसंगको समन्वयमा वडातहबाटै समाजिक सुरक्षाभत्ता बितरण थालेका छन् । यसअघी यी नागरिकहरु सदरमुकामसम्म आएर बैङ्कमा घन्टौ लाईन बसी समाजिक सुरक्षाभात्ता बुझ्ने गरेका थिए । अहिले गाउँघरबाटै नेपाल सरकारले दिने समाजिक सुरक्षा भात्ता पाएपछि बिगुटारका ९७ बर्षिय बृद्धा बेदमाया दाहाल खुशीले दंङ्ग परेका छिन् ।

यसअघि कष्टपुर्ण तरिककाले सदरमुकाम सम्म पुगेर लिनुपर्ने भत्ता गाउँबाटै पाएको उनको प्रतिकृया छ । समाजिक सुरक्षाभत्ता पाउने समाजका जेष्ठ नागरिक,अशक्त,अपांगता भएका व्यक्ती तथा एकल महिलालाई भात्ता बितरण गरिएको हो । बिगुटारका साबिकको ४,५,६,७,८ र ९ नम्बरका करिब ८५ जना लक्षित बर्गका नागरिकलाई मंगलबार भत्ता बितरण गरिएको छ ।

साथै सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखासंगको समन्वयमा उनीहरुको स्वास्थ्य परिक्षण संगै औषधी समेत बितरण गरेको छ । भात्ता बुझ्न आएका नागरिकको स्वास्थ्य जाँच संगै औषधी बितरण गरिएको वडा अध्यक्ष भल बहादुर कट्वालले बताए ।

अब सबिकको १,२,३ सहित धनेपु गाउँका नागरिकलाई बुधबार समाजिक सुरक्षा भत्ता बितरण गरिने वडा अध्यक्ष कट्वालको भनाई छ । नागरिकको सहजताका लागी पट्टा समेत नविकरण गरिएको छ । आम नागरिकले सबैसेवा गाउँबाटै पाएपछि खुशले दङ्ग परेका छन् ।बिगुटारमा समाजिक सुरक्षाभत्ता पाउने २ सय ३२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!