ओखलढुंगा: प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रोहित प्रसाद निरौला चयन भएका छन् । समितिको उपाध्यक्षमा पदम कुमारी भूजेल, कल्पना दाहाल चयन भएका छन् । सचिव मिना तामाङ रहेको १५ सदस्यीय जिल्ला समिति चयन भएको हो । वाँकी पदाधिकारी जिल्ला समितिको बैठकले चयन गर्ने बताइएको छ ।
पेशागत महासंघ नेपालका प्रदेश १ का ईञ्चार्ज वरिष्ठ अधिवक्ता शंकर सुवेदी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष कमल तिम्सिना, पेशासगत महासंघका प्रदेश १ का महासचिव उमेश मास्के लगायतको उपस्थितिमा समिति गठन भएको हो । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एकिकृत समाजवादी निकट शिक्षकहरुको ट्रेड युनियनका रुपमा दर्ता भएको शिक्षकहरुको संगठन हो ।
प्रशिक्षण तथा जिल्ला भेलाबाट समिति गठन भएपश्चात् पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेकपा एस का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई, केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, कार्यवाहक अध्यक्ष मेख बहादुर खड्का उपसचिव कमल खड्का प्रदेश सदस्य तथा उपसचिव शारदा निरौलालगायतको उपस्थिति रहेको थियो ।