ओखलढुंगा:चम्पादेबी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापाले स्थानीयलाई निशुल्क फलफुलको बिरुवा बितरण गरेका छन् । थापाले वडामा निर्वाचित भएपछि आफुले पाउने सेवा सुबिधा बापतको रकमबाट स्थानीयलाई बिभिन्न प्रजातीका फलफुलका बिरुवा बितरण गरेका हुन् ।
वडा भित्रका नागरिकलाई फलफुल खेतीतर्फ प्रोत्साहान गर्न करिब २ लाख मुल्य बराबरको कागती, सुन्तला, अनार, आँप,लगायतका फलफुलका बिरुवा निशुल्क बितरण गरेको वडा अध्यक्ष थापाको भनाई छ । करिब ४ हजार बढी फलफुलका बिरुवा बितरण गरिएको छ । बितरण गरिएका बिरुवामध्ये कागति ३ हजार, सुन्तला ५ सय, अनार ५ सय र आँप ५ सय बोट बितरण गरिएको छ ।
वडाभित्र ब्यवसायीक कृषी खेतीलाई प्रोत्साहन गर्न खाईपाई आएको सेवा सुबिधाबाट स्थानीय कृषकलाई निशुल्क बिरुवा बितरण गरिएको उनले बताए ।
बिभिन्न प्रजातीका फलफुलका बिरुवाहरु नर्सरीबाट खदिर गरिएको थियो ।