रामहरि श्रेष्ठ ४ भदौ
ओखलढुंगा: खिजीदेम्बा गाउँपालिकाले प्रत्येक वडा तहको सडक निमार्णलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाँउपालिका अध्यक्ष गोम्बु शेर्पाले पहिलो प्रथमिकता स्वरुप वडा तहलाई पालिका तथा स्वास्थ्य संस्थासंग जोड्ने गरी काम भैरहेको बताए ।
उनले प्रत्येक वडाका स्वास्थ्य संस्थासंग आम नागरिकको पहुचलाई जोड्न ग्रामिण सडक निमार्ण तथा बाटो स्तरउन्नतीको काम भैरहेको बताए । नौ वटा वडा रहेको पालिकामा हालसम्म ६ वडा वडामा बाटो निमार्ण तथा स्तरउन्नतीको काम भैसकेको छ ।
पालिकाको स्काभेर प्रयोग गरेर आम नागरिकको समेत प्रत्यक्ष जनश्रमदानमा काम भैरहेको उनको भनाई छ । नागरिकलाई स्वास्थ्य उपचारका लागी सहजमार्ग निमार्ण गर्न स्थानीय आफै लागीपरेको अध्यक्ष शेर्पाको भनाई छ ।
स्थानीय आम नागरिकहरु स्थानीय खाजा तथा पानी बोकेर जनश्रमदान गर्न आउने गरेका छन् । अध्यक्ष शेर्पा आफै स्थानिय संग मैदानमा उत्रिएपछि स्थानीयहरु समेत जागेको छन् । यस बाहेक पालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकी भवन,सडक ,कृषी तथा पर्यटनलाई पहिलो प्रथमिकतामा राखेर काम गरिहेको छ ।
यसअघी पालिकाले खिजीफलाटे हुदै काठमाण्डौ जाने सिधा सडकमार्गलाई नियमित सञ्चालनमा आउने बनाएको छ । अब प्रदेश सरकारको सहयोगमा पालिका केन्द्रबाट मोलुङ हुदै ओखलढुंगा जोड्ने सडकमार्ग कालोपत्रेका लागी प्रदेश सरकारको रातोकिताबमा समाबेश गराएको छ ।
केन्द्र सरकारको सहयोगमा सोलुखुम्बुको लिखुपिकै हुदै काठमाण्डौ जोड्ने सकडलाई पनि प्रथमिकतामा राखेको छ । यसबोहक पिके डाँडाको खानेपानी ब्यवस्थापन र खिजीफलाटे बजारको ढल ब्यवस्थापनका लागी समेत बजेट बिनियोजन गरेर काम भैरहेको गाउँपालिका कार्यालयले जनाएको छ।
पालिकाले यसबर्षको कुल बजेटमध्ये करिब ९० प्रतिशत बजेट पुर्वधार निमार्णमा छुट्याएको छ ।