• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: जिल्लाको बजारक्षेत्रमा ट्राफिक सचेतना सम्बन्धी होडिङबोर्ड राखिएको छ । सवारी दुर्घटनाको जोखिमलाई मध्येनजर गर्दै बजारका बिभिन्न क्षेत्रमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरु राखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा सिद्धिचरण नगरपालिकाले ट्राफिक सचेतना सम्बन्धी होडिङ बोर्ड राखेको वडा नम्वर १२ का वडाअध्यक्ष उमंग श्रेष्ठले बताए । बजारक्षेत्रको ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउन तथा सवारी दुर्घटनलाई न्युनिकरण गर्न होडिङ बोर्ड तथा ट्राफिक चिन्हहरु राखिएको छ ।

बजार ब्यवस्थापनका लागी छुट्टै पार्किङ स्थाल तथा सवारीको गती,बिद्यालय समयमा हुने भिडभाड लगायतलाई मध्येनजर गर्दै होडिङ बोर्ड राखिएको छ । नगरपालिकाको आर्थीक सहयोगमा ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा वडा कार्यलयले बजारका बिभिन्न २५ स्थानमा होडिङ बोर्ड राखेको छ ।बोर्ड राख्न वडा कार्यालयले जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीसंग समन्वय गरेको थियो । 

यसबाट बजारक्षेत्रमा हुने दुर्घटनाको जोखिम कम हुने र सवारी आवागमनमा समेत सहज हुने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज होम बहादुर खतिवडाले बताए । बजारक्षेत्रमा राखिएका ट्राफिक चिन्ह तथा संकेतलाई आम नागरिक र स्थानीय सरकारले संरक्षण गर्नुपर्ने उनको भनाई छ ।

यसअघि वडा कार्यलयले बजारक्षेत्रमा हुने गरेको अव्यवस्थीत पार्किङलाई ब्यवस्थापन गर्दै बजारका बिभिन्न स्थानमा पार्किङ स्थल निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!