• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा:सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका एकल महिलालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । बिहिबार वडा कार्यलयले वडाभित्रका १२ जना एकल महिलालाई रातो दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सदिऔ देखी चल्दै आएको सेतो लगाउने परम्परालाई तोड्दै एकल महिलालाई रातो अरिब र दोसल्ला ओढाएर एक हजार नगद सहित सम्मान गरिएको वडा अध्यक्ष गुण बहादुर खड्का बिवेकले जानकारी दिए । उन्नतशील बहुउदशीय सहकारी संस्था र नमुना आमा समुह सञ्जालले अयोजना गरेको तिज बिशेष कार्यक्रमको आवसर एकल महिलाहरुलाई समेत सम्मान गरिएको वडा अध्यक्ष बिवेकको भनाई छ ।

परम्परागत रुपमा श्रीमान बितेपछि सोतो मात्र लगाउनुपर्ने परम्परालाई तोड्न वडाभित्रका एकल महिलाहरुलाई अबिर सहित रातो दोसल्ला र नगदले सम्मान गरिएको हो । एकल महिलाहरुलाई प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख डिल्ली खनाल,उपप्रमुख तारा कार्की, सिद्धिचिरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल तथा वडा अध्यक्ष खड्काले रातो दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख तेजेन्द्र खनालले बर्षैदेखीको परम्परालाई तोडेर वडा कार्यलयले उदाहरणीय काम गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!