ओखलढुंगा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुंगाबाट भाग लिने उमेद्धवारको नाम सिफारीस गरेको छ । बिहिबार पार्टी स्थापना भएको १ बर्ष पुगेको अवसरमा पार्टीले आगामी निर्वाचनमा जिल्लाबाट उमेद्धवार बन्ने प्रतक्ष र समानुपातीक तर्फका उमेद्धवारको सिफारीस नामावली सार्वजनिक गरेका हो ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका जिल्ला ईन्चार्ज तथा अध्यक्ष नेत्र प्रसाद भट्टराईले जिल्लाबाट संघ र प्रदेशका लागी सिफारीस गरिएका उमेद्धवारको नामावली सार्वजनिक गरे ।
सार्वजनिक नामावली अन्तरगत प्र्रदेशसभाका लागी प्रत्यक्षतर्फ क्षेत्र नम्बर क बाट राज खत्री र सञ्जीव गुरुङ्ग ख बाट कमल खड्का,यमचन्द्र कट्वाल र पुर्ण कुमारी सुवेदीको नाम सिफारीस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ क बाट तिलक लोहनी र शारदा निरौला तथा ख बाट अम्बीका प्रसाद भट्टराईलाई सिफारीस गरिएको छ ।
यता संघतर्फ प्रत्यक्षबाट नेत्र प्रसाद भट्टराई,छत्र बहादुर कार्की र मेख बहादुर खड्का तथा समानुपातीकतर्फबाट निर्मला श्रेष्ठलाई सिफारीस गरिएको बिज्ञप्तीमा उल्लेख छ । पार्टीको जिल्ला कमिटीमार्फत छनोट भएका उमेदवारहरुको प्रदेश पार्टी कार्यलयमा सिफारीस गरिएको पार्टीका जिल्ला अध्यक्ष भट्टराईको भनाई छ ।
पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धन गरेर अन्य दलहरुसंग जाँदा सहमतीमा जान सकिने नेकपा एकिकृत समाजवादीले जनाएको छ ।