ओखलढुंगा । हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजको अवशर पारेर जिल्ला सदरमुकाममा भएको आँखा स्वास्थ्य सचेतना सम्बन्धी जिल्ला स्तरीय तीज गीत प्रतियोगिता शिवदुती स्वास्थ्य आमा समुह मोलुङ ५ प्रथम भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाले ग्रामिण महिला जागरण सञ्जाल ओखलढुंगाको समन्वयमा आज (शनिबार) सदरमुकाममा प्रतियोगिता आयोजना गरेको थियो ।
जिल्ला स्थित विभिन्न ६ समुह सहभागी प्रतियोगितामा राधाकृष्ण महिला स्वास्थ्य आमा समुह मोलुङ २ द्धितिय र सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्था सिद्धिचरण नगरपालिका १२ तृतिय भएका छन । प्रतियोगतामा प्रथम,द्धितिय र तृतिय हुने सुमहलाई प्रमाणपत्र सहित क्रमश नगद १२ हजार, १० हजार र ८ हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यस्तै प्रतियोगितामा सहभागी अन्य ३ समुहलाई पनि सान्त्वना पुरस्कार स्वरुप प्रति समुह नगद रु ४ हजार र प्रमाणपत्र प्रदान गरिएको आयोजक तथा जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले जानकारी दिईन । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यता र केन्द्रका अध्यक्ष तथा निर्वतमान मेयर मोहनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सहभागी प्रतियोगी समुहहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले आयोजकको तर्फबाट नगद र प्रमाणपत्र वितरण गरेका थिए । आँखा सम्बन्धी समस्या जहिले र जसलाई पनि हुने सक्ने भएकाले सचेतना फैलाउने र संस्कृती संरक्षणमा समेत सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।