ओखलढुंगा:नवजात शिशुको मुटुमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरेर काठमाण्डौ पाईएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित मिलनचोकका बुद्ध मगरको भर्खर जन्मिएको नवजात शिशुको मुटुमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
वडा अध्यक्ष बिनोद कुमार ताम्राकारको पहलमा राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरग नवजात शिशु र आमालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ । सोमबार ओखलढुंगा सामुदायीक अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी मगरका २० बर्षिय श्रीमती अम्रीता राई मगर र उनका नवजात शिशुलाई उद्धार गरेर निशुल्क हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको वडा अध्यक्ष ताम्राकारले बताए ।
शकुशल जन्मिएको शिशुको मुटुमा समस्या देखिएपछि अस्पतालले काठमाण्डौ रेफर गरेको आस्पताल श्रोतले जनाएको छ । वडा अध्यक्ष ताम्राकारको पहलमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरको ब्यवस्थापन गरिएको वडा अध्यक्ष ताम्राकारको भनाई छ ।
सुत्केरी महिला र बच्चाको उद्धारमा सहयोग गर्नुहुने जिल्ला प्रशासन कार्यालय र अन्य सबै निकायमा वडा कार्यालयले धन्यवाद ज्ञापन गरको छ ।