• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: खिजीदेम्बा गाउँपालिकाले १ सय दिनेको उपलव्धी सार्वजनिक गरेको छ । आईतबार गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पदभार ग्रहण गरेको १ सय दिनको उपलव्धी सार्वजनिक गरेका हुन् ।

उनले १ सय दिनमा बिद्युत ब्यवस्थापनतर्फ केन्द्रिय बिद्युत प्रशारण लाईनका लागी बोलपत्र आह्वन गरेर कार्य थलनी गरेको र बृद्ध,बिपन्न तथा एकल महिलाहरुलाई सोलार सेट बितरण गरेको बताएका छन् । त्यस्तै भौतिक पुर्वधारतर्फ गुम्बा पुनः निमार्णका लागी गुम्बा बिकाश समितीबाट बजेको ब्यवस्थापन,हाल भएको दुईतले प्रशासकिय भवनलाई थप दुई तला थप्न संघिय मामिलाबाट बजेट माग गरिएको र ६ वटा वडा कार्यलय भवन निमार्णका लागी बोलपत्र आह्वान गरेर निमार्णको तयारीमा रहेको उल्लेख छ ।

यता वडा नम्बर ५ मा सामुदायीक भवन निमार्णका लागी प्रदेश सकारबाट बजेटको ब्यवस्थापन तथा बिभिन्न वडामा जनश्रमदानबाट काठेपुल निमार्ण सम्पन्न गरेको बताइएको छ । गाउँपालिकाले १ सय दिनको उपलव्धीमा गाउँपालिकाको ७ र १ नम्बर वडा जोड्नेगरी झोलुङ्गे पुल निमार्ण,रामेपछापको उमाकुञ्डमा झोलुङ्गे पुल निमार्णका लागी बजेटको ब्यवस्थापन र वडा नम्बर ९को बिभिन्न स्थानमा पुल निमार्णका लागी बजेट बिनियोजन गरेको उल्लेख छ ।

खानेपानीतर्फ थोलेदेम्बा डाँडामा खानेपानी ब्यवस्थापनका लागी प्रदेश सरकारबाट बजेट माग गरिएको र वडा नम्बर ६ को बन्से,कात्तिके लगायतका स्थानमा खानेपानी बितरणका लागी बजेट ब्यस्थापन गरेर डिपिआर तयार गरिएको उल्लेख छ । अध्यक्ष शेर्पाले शिक्षातर्फ १ वडा एक नमुना बिद्यालय निमार्णका लागी बजेट बिनियोजन,खाली रहेको बिद्यालयमा शिक्षकको ब्यवस्थापन सहित नयाँ शिक्ष समिती गठन गरेको छ ।

स्वास्थ्य तर्फ प्रदेश स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स झिकाएर नियमित सञ्चालनमा रहेको,गाउँपालिकामै भिडीयो एक्सरे सेवा सञ्चालनका लागी रेडियो ग्राफर नियुक्त गरिएको र गाउँपालिकाको टोलटोलमा गएर कोरोना परिक्षण लगायतका आफ्नो सय दिनको उपलव्धी मानिएको छ ।
सडकतर्फ ९ वटै वडाको मुल सडक स्तरउन्नती र काठमाण्डौ खिजीदेम्बा नियमित सडक सञ्चालनमा रहेको उल्लेख छ ।

सोलुखुम्बुको लिखुपीके हुदै गाउँपालिकाको वडा नम्बर ८ जोड्ने सडकका लागी राष्ट्रिय बजेट ब्यवस्थापन , खजीफलाटे बजार हुदै जिल्ला सदरमुकाम सम्म जोड्ने सडक कालोपत्रेका लागी संघीय सरकारबाट बजेट ब्यवस्थापन र पालिका केन्द्रको ढल ब्यवस्थापनका लागी बजेट ब्यवस्थापन गरिएको उल्लेख छ ।

जडिबुटीतर्फ जडीबुटी प्रशोधन र अनुसन्धानका लागी बन मन्त्रालयसंग कार्यक्रम सम्झौता गरेर काम अगाडी बढ्ने चरणमा रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!