• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

काठमाडौं : गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिकाका एक युवक आइतबार मृत फेला परेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का प्रेम बहादुर सुनुवारका छोरा २४ बर्षिय दुर्गाधन सुनुवार काठमाडौँको गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार विहान मृत अवस्थामा फेला परेका हुन् ।

गत बुधबार ओखलढुङ्गाबाट काठमाडौं गएका सुनुवार विहिबार साँझ ८ बजेदेखि नै हराइरहेको परिवारले जानकारी दिएको छ । सुनुवार बेपत्ता भएपछि परिवारले उनको खोजी गरिरहेको थियो । तर सुनुवारको कतै पत्ता लागेको थिएन । बेपत्ता भएका सुनुवारको आइतबार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको खबर सुन्नासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको बौद्ध प्रहरीले जनाएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा सुनुवारलाई कसैले कुटपिट पछि हत्या गरेर फालिएको जस्तो देखिएको आफन्तले बताएका छन् ।

मृत भेटिएका सुनुवारको गालाबाट रगत बगिरहेको, शरिरमा घाउचोट र निलडाम भई रगत लत्तपतिएको देखिएको छ । घट्नाको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको र मारेर शव खोलामा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटना सम्बन्धमा महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौंबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!